सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीशमा कार्की

न्यायपरिषदले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम संवैधानिक परिषदमा लैजाने निर्णय आइतबार गरेको छ । न्यायधिश कार्की नेपालको ईतिहासमा पहिलो महिला न्यायधिश हुनेछिन ।
परिषदको आइतबार बसेको बैठकले कार्कीको नाम प्रस्ताव गर्ने निर्णय लिएको हो । परिषद्ले ११ न्यायाधीशको संसदीय सुनुवाइका लागि यसअघि भएको सिफारिस फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको कदमबारे भने कुनै निर्णय गरेको छैन । न्याय परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री अग्नि खरेलले प्रधानन्यायाधीशका लागि एक महिना पहिले नै प्रस्ताव गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्णय भएको बताए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण अर्को महिना अवकाश पाउँदैछन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदमा सभामुख पदेन सदस्य रहने व्यवस्था छ । सभामुख घर्तीले न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्बाट भएको सिफारिस फिर्ता गर्दा संवैधानिक परिषद्ले यादवलाई गरेको सिफारिस पनि फिर्ता गरेकी थिइन् ।
पछिल्लो समयमा सिफारिस गरेको न्यायधिषहरुको नाम कार्यन्यवन हुने हो भने त्यस पछिको दोश्रो महलिा प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल हुनेछिन ।
संवैधानिक परिषद्ले न्याय परिषदको प्रस्तावअनुसार प्रधानन्यायाधीश नियुक्त गर्ने सिफारिसमा समेत संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक प्रावधान छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...