७.२ प्रतिशत आर्थिक वृद्धि बजेटको लक्ष्य

काठमाडौं– सरकारले हिजो सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेटले केही चुनौतीपूर्ण लक्ष्य लिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य लिएको हो ।
अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आवको बजेटसँगै मुलुकमा आर्थिक गतिविधिमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने बताए । उनले बजेट कार्यान्वयन भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीर्ति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे । बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताए ।
त्यसक्रममा सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ का लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट प्रस्तुत गरेको हो । ।
सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...