७.२ प्रतिशत आर्थिक वृद्धि बजेटको लक्ष्य

काठमाडौं– सरकारले हिजो सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेटले केही चुनौतीपूर्ण लक्ष्य लिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य लिएको हो ।
अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आवको बजेटसँगै मुलुकमा आर्थिक गतिविधिमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने बताए । उनले बजेट कार्यान्वयन भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीर्ति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे । बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताए ।
त्यसक्रममा सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ का लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट प्रस्तुत गरेको हो । ।
सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...