सिड्नीमा २०४ औ भानु जयन्ति मनाइदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा सधैका बर्षहरुमा जस्तै यस बर्ष पनि साहित्यिक, संस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम सहित आदिकबि भानुभक्त आचार्यको २०४ औ जन्म जयन्ति मनाइदै छ । जुन २४ तारिख शनिबारका दिन साँझ ५ बजे बाट ८ बजे सम्म ग्रयानभिल टाउन हलमा हुने उक्त कार्यक्रममा कविता वाचन ,नाटक मन्चन, नृत्य, गीत संगीत एवं सर्जक सम्मान लगायतका बिबिध प्रस्तुतिहरु रहनेछन्।
कार्यक्रममा आफ्ना गित, कविता, मुक्तक सहित वा श्रोताको रुपमा समेत सहभागी हुन प्रतिष्ठानले सबै नेपाली दाजु भाई दिदि बहिनिहरु लाई हार्दिक अनुरोध गरेको छ।आफ्नो प्रस्तुति वा रचना poem@nepalikala.org.au मा पठाउन र आफ्नो नाम दर्ता गर्न पनि आयोजकले अनुरोध गरेको छ । थप जानकारीका लागि सुजाता केसी 0401423432, वा राजेश्वर घिमिरे  0451483934 लाई सम्पर्क गर्न अनुरोध गरिन्छ।