हिमाली नेपाली सांगेतिक अस्ट्रेलिया टुर हुदै 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
नेपाली पप गायिका तृष्णा गुरुङ र मन्त्र ब्याण्डको बिशेष प्रस्तुति सहित अस्ट्रेलियाका भिन्न शहरहरुमा  ‘हिमाली नेपाली सांगेतिक अस्ट्रेलिया टुर २०१७’ हुदैछ। एडेलेडमा जुन ५ , मेलबर्नमा जुन १२ मा र १६ जुनमा सिड्नीमा हुने यी कार्यक्रमहरु पूर्ण मनोरन्जनात्मक हुने आयोजकको तर्फबाट दिपेश पुनले बताए ।
पुनका अनुसार १६ जुनमा हुदै गरेको सिड्नीको कार्यक्रम सार्क होटेलको स्पेस नाइट कल्बमा हुदैछ १८ प्लसलाई मात्र प्रवेश रहने यस कार्यक्रममा सहभागी सबैलाई १८ प्लस देखिने परिचय पत्र सहित उपस्थित हुन पनि आयोजकले अनुरोध गरेको छ । थप जानकारी का लागि दिपेश – 0431 553 629 र राज – 0451 933 051 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।