निकिता चाण्डक भइन् मिस नेपाल २०१७

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– उर्लावारी, मोरंगकी २० वर्षीया निकिता चाण्डकले मिस नेपाल २०१७ को उपाधि जितेकी छिन् । शुक्रवार राती सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा निकिताले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिंदै यो महत्वपूर्ण सफलता हासिल गरेकी हुन् । १९ जना प्रतिस्पर्धिहरु सहभागि भएको प्रतियोगितामा निकिताले मिस कन्फिडेन्स तथा मिस पपुलरका दुई टाइटल एवार्ड समेत जितिन् । निकिताले वर्ष २०१७ को मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
द हिडन ट्रेजरले आयोजना गरेको २२ औं संस्करणको यो प्रतियोगितामा रोजिना श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितिन् । यो उपाधिसंगै उनी वर्ष २०१७ को मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उपाधिकै दावेदार मानिएकी नीति शाहले प्रतियोगितमा मिस नेपाल ईन्टरनेशनल नेपालको उपाधिमा चित्त बुझाइन् । सहारा बस्नेतले भने मिस नेपाल एसिया प्यासिफिकको उपाधि जितिन् ।
प्रतियोगितामा विभिन्न ११ वटा विधामा टाइटल एवार्ड पनि वितरण गरिएको थियो ।