देउवा ४० औं प्रधानमन्त्री बन्दै

कमाठमाडौं– नेकपा एमालेले अवरोध हटाउने भएपछि भएपछि व्यवस्थापिका संसद्को आज मंगलबारको बैठकबाट शेरबहादुर देउवा ४०औं प्रधानमन्त्री निर्वाचित हुने भएका छन् । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा हिजो सोमबार अपराह्न बसेको प्रमुख दलको बैठकले संसद् अवरोध हटाउने समझदारी गरेको हो ।
आज बस्ने संसद्को दोस्रो बैठकबाट देउवा झन्डै दुईतिहाइ सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् । संसद्को आइतबारको बैठकबाटै देउवा चौथोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने तयारीमा रहे पनि भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने जनाएपछि प्रधानमन्त्रीको निर्वाचन सूचना टाँसेर दुई दिनका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री निर्वाचनका एक्ला उम्मेदवार देउवा मंगलबार बस्ने संसद्को दोस्रो बैठकमा आफ्नै पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहितका ३ सय ९० भन्दा बढी सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
१ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने भएका छन्।
प्रमुख तीन दलबीच सोमबार भएको चारबुँदे समझदारीअनुसार प्रधानमन्त्री निर्वाचन हुनुअघि बस्ने संसद्को पहिलो बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले संसद्लाई सम्बोधन गर्नेछन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा भरतपुरमा विकसित घटनाक्रम र परिस्थितिलाई ध्यानमा राखेर अब हुने चुनावमा अनियमितता नदोहोर्याउने दलीय प्रतिबद्धता खोजेको बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिपक्षीको मागअनुसार तीनै तहको निर्वाचन समयमै सम्पन्न गर्ने र अनियमितता र धाँधली हुन नदिने सत्तासाझेदारको प्रतिबद्धतापछि संसद् बैठक खोल्ने समझदारी बनेको जानकारी दिए।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



