चौथो पटक प्रधानमन्त्री बने देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । आज मंगलबार साँझ व्यवस्थापिका संसद्मा भएकोे निर्वाचनमा देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवालाई संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरुको समर्थन रहेको छ ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाको विपक्षमा १७० मत परेको छ । जम्मा ५५८ सांसदले मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा एमाले, माले, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले मतदान गरेका थिए ।
२००३ साल जेठ ३१ गते रुवाखोला ५ डडेलधुरामा जन्मिएका नवनिर्वाचित प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । देउवाले लण्डन स्कुल अफ इकोनोमिक्सबाट राजनीतिशास्त्र र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् ।
देउवा २०५२ भदौदेखि २०५३ फागुनसम्म पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०५८ साउनदेखि २०५९ असोजसम्म दोस्रो पटक प्रधानमन्त्री बने । तेस्रो पटक २०६१ जेठदेखि २०६२ माघसम्म प्रधानमन्त्री बनेका देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचत भएका छन् । २०७२ फागुनदेखि नेपाली कांग्रेसको सभापति रहेका देउवा नेपाल विद्यार्थी संघका संस्थापक सदस्य र पूर्व सभापतिसमेत हुन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...