राजपासंग मिलेन कुरा

काठमाडौं– सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच आज आइतबार भएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । उनीहरुबीच चुनावको मिति सार्ने मागमा कुरा नमिलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागितामा सिंहदरबारमा भएको बैठकमा राजपाले निर्वाचनको मिति सार्न र मधेशमा स्थानीय तहको संख्या थप्नु पर्ने माग गरेको थियो ।
राजपाले निर्वाचन मिति सार्न र सर्वोच्चको आदेशलाई ‘भ्याकेट’ गरेर स्थानीय तहको संख्या थप्नुपर्ने लगायतका माग राखेकाले कुरा नमिलेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार वार्ताको क्रममा राखिएका माग पुरा गर्न अहिल्यै सम्भव छैन भनिएको छ ।
राजपा नेता अनिल झाले सरकारसँगको वार्ता सफल नभएपछि अब आफूहरु आन्दोलनमा जाने बताए । उनले संविधान संशोधन र स्थानीय तहको संख्या थप नहुँदासम्म निर्वाचनमा नजाने बताएका छन् । ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...