ब्रिस्बेनका गायक श्याम थापाको ढाका टोपी सार्वजनिक

काठमाडौं– अष्ट्रेलियाको ब्रिस्बेनमा बसेर अध्ययन गरिरहेका गायक श्याम थापाले गाएको राष्ट्रिय गीत ‘ढाका टोपी शिरैमा…’ को भिडियो सार्वजनिक भएको छ । सानैदेखि संगीत तथा गायनमा रुची राख्ने गायक थापाले प्रस्तुत गीतमार्फत देशभक्तिलाई दर्शाएका छन् । उक्त गीतमा सुनिता थापाका शब्दहरु छन् भने ईन्द्र आरपीले यो गीतलाई संगीतबद्ध गरेका हुन् ।
दिलिप समनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थापासहित अधिकांश कलाकारहरु दौरा–सुरुवाल तथा ढाका टोपीमा सजिएका छन् । भिडियोमा देशका महत्वपूर्ण सम्पदा, कला तथा संस्कृतिलाई पनि चित्रण गरिएको छ । मिलन शंकरद्वारा छायांकन गरिएको यो म्युजिक भिडियोको सम्पादन शितल लम्सालले गरेका हुन् । भिडियोमा संगीतकार ईन्द्र आरपीले मुख्य भूमिका निर्वाह गरेका छन् भने पूर्णिमा, दर्शना तथा म्यानुअलले पनि अभिनय गरेका छन् ।
यस्तो छ ढाका टोपीको म्युजिक भिडियो :
https://youtu.be/HI1yFs2_OTA
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



