सार्क कार्यक्रम समितिको बैठक पोखरामा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को ३७औं परराष्ट्र मन्त्रीस्तरीय बैठकअन्तर्गत आज पहिलो दिन कार्यक्रम समितिको बैठकमा यसअघिको कार्यक्रम समितिले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ ।
आजको बैठकपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठकको अध्यक्षता गरेका परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले यसअघि गरेका निर्णयको कार्यान्वयन र समीक्षालगायतका विषयमा छलफल गरिएको जानकारी दिनुभयो । बैठकका विभिन्न मुद्दामा पहिलो चरणको छलफल भएको जानकारी दिँदै उहाँले निष्कर्षमा पुगिनसकेको र निष्कर्षमा पुगेपछि प्रतिवेदनको मस्यौदा तयार गरिने बताउनुभयो ।
सहसचिव भट्टराईका अनुसार बैठकमा सार्क विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद् र सार्क क्षेत्रीय रिजनल स्टान्डर्स अर्गनाइजेसनबाट आ–आफ्ना संस्थाबाट भए गरेका प्रगति छलफल भएको थियो ।
भोलि दोस्रो दिनको कार्यक्रम समितिको कैठकमा सार्कको कार्यसम्पादन पात्रोका सम्बन्धमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिने उहाँले जानकारी गराउनुभयो । बैठकको उद्घाटन समारोहमा सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क राष्ट्रका सदस्यहरुले आपसी सम्बन्ध सुदृढ गर्न र अनुभवको आदानप्रदान गर्न बैठक महत्वपूर्ण हुने बताउनुभयो ।
बैठकमा कार्यक्रम समिति अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो । पहिलो दुई दिन चैत १ र २ मा कार्यक्रम समितिको बैठक, ३ चैतमा स्थायी समिति बैठक र अन्तिम दिन ४ चैतमा परराष्ट्र मन्त्रीस्तरीय बैठक सञ्चालन हुने परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत सार्क मन्त्रीपरिषद् बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ४ गते परराष्ट्र मन्त्रीस्तरीय बैठकको उद्घाटन गर्नुहुने कार्यक्रम छ । काठमाडौँमा सम्मन्न १८ औं शिखर सम्मेलनपछि नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...