अष्ट्रेलियामा आफ्ना गीत प्रस्तुत गर्न एक्साइटेड छु – तृष्णा गुरुङ, गायिका
संगीतको औपचारिक प्रशिक्षण बिना नै गायिका बनेकी गुरुङ पछिल्लो समय भने संगीतको प्रशिक्षणमा पनि सक्रिय छिन् ।

‘खनी हो यामू ए कान्छा…’ गीत लोकप्रिय भएपछि गायिका तृष्णा गुरुङ नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएकी छिन् । उक्त गीतको अघिल्ला चार–पाँच शब्द गुरुङ भाषामा भए पनि स्रोताले गायिका गुरुङ्गलाई ‘म पनि जान्छु हे माया’ गीतकी गायिकाको रुपमा समेत चिन्छन् । यो गीतमा गायिका गुरुङको स्वर मात्र होइन, शब्द तथा संगीत पनि उनैको छ । लोक–पप शैलीको उक्त भिडियोले यूट्युबमा राम्रो दर्शक पाएको छ । गत जनवरी महिनामा उनले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको उक्त गीत हालसम्म ३ लाख १४ हजार पटक हेरिएको छ । त्यसअघि अघिल्लो वर्षको अक्टोबरमा उनले अपलोड गरेको ‘गाइने दाजै…’ भने यूट्युबमा २० लाख १८ हजार पटक हेरिएको छ । आधा दशकअघि मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका गुरुङले यो अवधिमा थुप्रै गीत गाइसकेकी छिन् । ती मध्ये अधिकांश गीत स्रोताले मन पराएपछि उनी युवापुस्ताकै ढुकढुकी बन्न सफल भएकी छिन् । संगीतको औपचारिक प्रशिक्षण बिना नै गायिका बनेकी गुरुङ पछिल्लो समय भने संगीतको प्रशिक्षणमा पनि सक्रिय छिन् । आफ्ना गीतमा गाउँले रहनसहनलाई फरक शैलीले प्रस्तुत गर्ने यी गायिकाको कलालाई स्रोताले मन पराएका हुन् । यसैबीच गायिका गुरुङ अष्ट्रेलियाका विभिन्न चार वटा शहरमा आयोजना हुने कन्सर्टमा सहभागिता जनाउन जून महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछिन् । गायिका गुरुङका अनुसार उनी सहभागि हुने कार्यक्रमहरू जून ५ मा एडिलेड, जून १२ मा मेलबर्न, जून १४ मा ब्रिसबेन तथा जून १६ मा सिड्नीमा आयोजना हुनेछन् । उक्त सांगीतिक कार्यक्रमका लागि तयारीमा व्यस्त रहेकी गायिका गुरुङसंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको सेलिब्रेटी टक :
पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले म संगीतको क्लास लिइरहेकी छु । त्यसमा व्यस्त छु । त्यसबाहेक अष्ट्रेलियामा आयोजना हुने कन्सर्टको तिब्र तयारी गर्दैछु ।
अष्ट्रेलियाको पहिलो सांगीतिक भ्रमणको तयारी चाहिं कस्तो भैरहेको छ ?
पहिलो भ्रमण भएकाले म त्यसका लागि एक्साइटेड छु । कन्सर्टमा प्रस्तुत गर्ने गीतहरू प्राक्टिस गरिरहेकी छु ।
कन्सर्टमा कति वटा गीत प्रस्तुत गर्दैै हुनुहुन्छ ?
कन्सर्टमा झन्डै आधा दर्जन गीतहरू प्रस्तुत गर्नेछु । चार भिन्न शहरमा आयोजना हुने कन्सर्टका लागि भेराइटी दिने प्रयास रहने छु ।
कुन–कुन गीत गाउँदै हुनुहुन्छ ?
मेरो सबै लोकप्रिय गीतहरू गाउने छु । ती मध्ये ‘खनी हो यामू ए कान्छा…’ गीत मैले पटक–पटक गाउनु पर्ने निश्चित छ । यो बाहेक गाइने दाजै, दैव जानोस्, तिमी र म सहितका गीत प्रस्तुत गर्नेछु ।
भ्रमणका लागि कत्तिको उत्साहित हुनुहुन्छ ?
अष्ट्रेलियाको पहिलो भ्रमण भएकाले अत्यन्त उत्साहित छु । अष्ट्रेलियाको नेपाली समुदाय असाध्यै ठूलो छ भन्ने सुनेकी छु । गीत–संगीतमार्फत उहाँहरूको मन जित्ने प्रयास गर्नेछु ।
अष्ट्रेलियाका नेपालीहरूलाई यहाँबाट के भन्न चाहानु हुन्छ ?
संगीत भनेको एउटा त्यस्तो माध्यम हो, जसले सबैलाई एकतामा बाँध्छ । देश बाहिर भए पनि यसले हामीलाई खुसी दिन्छ । म अष्ट्ेरलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई हाम्रो कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ, सहयोग र माया गरिदिनु हुन अनुरोध गर्दछु ।
प्रसंग बदलौं, ‘खानी हो यामु ए कान्छ’ गीत लोकप्रिय छ, उक्त शब्दको अर्थ चाहिं के हो ?
त्यो भनेको गुरुङ भाषामा ‘कता जान लागेको ए कान्छा’ भनेको हो ।
संगीतिक क्षेत्रमा लाग्नुभन्दा पहिला र अहिले कस्तो अनुभुति भएको छ ?
बाहिर हिंड्दा काठमाडौंको धुलोमा मास्क लगाएर नै हिंडिन्छ । कतै भेट्दा दर्शकहरूले फोटो खिच्नु हुन्छ, बोल्नु हुन्छ । यो कुरा गायिका बन्नु भन्दा पहिला पाएको थिइन ।
हालसम्म कति वटा देशमा कन्सर्ट दिनु भएको छ ?
म हङकङ, कोरिया, यूके, कतार, दुबईसहितका देशमा पुगेर आफ्ना गीत प्रस्तुत गरिसकेकी छु । नेपालमा पनि प्राय: सबै शहरमा पुगेर कन्सर्ट दिइसकेकी छु ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...