बालुवाटार सरे प्रधानमन्त्री

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आज सोमबार बिहान सरकारी निवास बालुवाटार सरेका छन् ।
दुई साताअघि प्रधानमन्त्री निर्वाचित भएका देउवा ज्योतिषीले जुराएको साइत अनुसार सोमबार बिहान ५ः२२ मा निजी निवास बुढानिलकण्ठबाट बालुवाटार सरेका हुन् ।
प्रधानमन्त्री देउवाको स्वागतका लागि नेपाली सेनाले सलामी अर्पण गरेको थियो । देउवा सर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारको भवन मर्मत सम्भार एवम् रङरोगन गरिएको थियो ।