पूर्व आइजीपी नै जेल चलान

काठमाडौं– सुडानको घोटाला काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी सहित चार जना जेल चलान भएका छन् ।
पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेको हुन् । उनीहरुलाई बुधवार नै जेल चलान गरिएको सर्वोच्चका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
गत १७ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले पूर्व आईजीपीहरु ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र रु ४० हजार जरिवाना र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र रु ४० हजार जरिवानाको सजाय सुनाएको थियो ।
त्यसैगरी सर्वोच्चले तत्कालीन एआईजीपी दिपकसिंह थाङ्देनलाईलाई १ वर्ष कैद र ४० हजार जरिवाना, तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६र६ महीना कैद र रु ३० हजार जरिवानाको आदेश दिएको थियो ।
संयुक्त राष्ट्रसंघ अन्तर्गत सुडानमा खटिने प्रहरी मिसनका लागि आवश्यक बन्दोवस्तीका सामान खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो । अभियोगपत्रमा सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको उल्लेख छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...