प्रमको चीन भ्रमणमा आधा दर्जन विषयमा समझदारी हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणमा दुई देशबीच करिब आधा दर्जनजति विषयमा समझदारी हुने भएको छ ।
परराष्ट्रमन्त्री कमल थापाले मिडिया नेपालद्वारा आज यहाँ आयोजित घोषणासभालाई सम्बोधन गर्दै छिमेकी मित्र राष्ट्रको भ्रमणका अवसरमा पारवहन, व्यापार, लगानी लगायत विषयमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने जानकारी दिनुभयो । । साथै नेपालको पूर्वाधार विकासका बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण कुराकानी र निर्णय हुने अपेक्षा नेपाली पक्षले गरेको छ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले चीनका शीर्षस्थ नेतासँग दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउने बारेमा विचारविमर्श गर्नुहुनेछ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँस्थित एक विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले यही चैत १० देखि सुरु हुने बोआओ फोरम सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ । सो अवसरमा त्यहाँ उपस्थित विश्वका विभिन्न राष्ट्रका नेतासँग प्रधानमन्त्री ओलीले द्विपक्षीय र बहुपक्षीय कुराकानी गर्नुहुनेछ । प्रधानमन्त्रीको भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गर्न कोसेढुङ्गा साबित हुने उपप्रधानमन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि यही चैत ७ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चैत ८ गतेदेखि नै बेजिङमा नेपाल र चीनबीच प्रधानमन्त्रीस्तरमा औपचारिक वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को पोखरामा हुने मन्त्रिपरिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । अध्यक्ष राष्ट्रको हैसियतले सार्क मन्त्रिपरिषद्को बैठक नेपालमा आयोजना गर्ने सिलसिलामा यस पटकको बैठक प्राकृतिक पर्यटकीय नयरी पोखरामा आयोजना गरिएको हो । सार्क मन्त्रिस्तरीय बैठकलाई सार्कको ‘मिनी समिट’ समेत भन्ने गरिएको छ ।
बैठकमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानको प्रतिनिधित्व हुनेछ । सार्क मन्त्रिपरिषद्को बैठकमा विगतका सार्क शिखर सम्मेलनले गरेको निर्णयको समीक्षा हुनेछ । साथै आगामी दिनका लागि रणनीति, योजना र कार्यक्रमबारे बैठकमा विस्तृत रुपमा छलफल हुने परराष्ट्रमन्त्री थापाले जानकारी दिनुभयो ।
बैठकले सदस्य राष्ट्रबीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ थप सुदृढ तुल्याउन महत्वपूर्ण निर्णय गर्ने उहाँले बताउनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...