बेलायतमा बसोबास गर्ने पार्करको नेपाली गीत सार्वजनिक

काठमाडौं- पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित गीत ‘सागरको गहिराईमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । रमाइलो कुरा के छ भने उक्त यी गायक आंखा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आंखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन । म्युजिक भिडियोका निर्देशक सागर राजले गायक लिम्बुलाई सामान्य व्यक्ति झैं फिचर गरेका छन् ।
‘पानी पर्यो असिना झयो , ‘चुम्बक’, ‘तिम्रो आखामा’ जस्ता गीतका म्युजिक भिडियो निर्देशन गरेर चर्चामा गाएका निर्देशक सागर राजले नै ‘सागरको गहिराइमा’ को म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

देवेन्द्र नेवारद्वारा संगीत संयोजन गरिएको उक्त गीत साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ, जसमा जीत, कृपा, युम्मी तथा अञ्जलीले अभिनय गरेका छन् । सुप्रिम पराजुली उक्त भिडियोका सम्पादक तथा कलरिष्ट हुन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको भिडियोमा गीतका भावनालाई चित्रण गरिएको छ ।
गायक पार्कर लिम्बुले यसअघि गाएको ‘समय’ गीतको म्युजिक भिडियो दर्शकले मन पराका थिए । उक्त भिडियोलाई पनि सागर राजले नै निर्देशन गरेका थिए ।
गायक राई विगत केही वर्षदेखि बेलायतमा बसोबास गर्छन् । उनी बेलायतको एउटा रेडियो स्टेशनमा रेडियो जक्कीको रुपमा सक्रिय छन् ।
यस्तो छ सागरको गहिराइमाको म्युजिक भिडियो :
https://youtu.be/dPEbw1UNiqM
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...