सुरेन श्रेष्ठको अभिनयमा तिम्रै माया तिम्रै छाँया सार्बजनिक 

भिडियो सहित
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १५, २०७४
रियल जीवनमा सधै झैँ क्यामरा बोकेको भेटिने फोटोग्राफर सुरेन श्रेष्ठ रिलमा समेत क्यामरा म्यान कै भूमिका देखा परेका छन् । हालै सार्बजनिक भएको ‘तिम्रै माया तिम्रै छायाँ … ‘  बोलको गीतमा प्रेममा चुर्लुम्म डुबेको जोडीको भूमिकामा फोटोग्राफर सुरेन श्रेष्ठ र पवित्रा देखिएका छन् ।
कुनै बिशेष कार्यक्रममा फोटो खिच्न व्यस्त सुरेनको फोटो खिच्ने क्रम मै पवित्रा संग भेट हुन्छ त्यो भेटघाट बिस्तारै प्रेममा परिणत हुन्छ। प्रेमका हर क्षणहरुलाई उनीहरु निक्कै महत्वका साथ लिएका छन्, प्रेममा भेटघाट, एकत्नपन अनि उपाहारले कति मिठा क्षणहरु बन्छन गितका शब्दहरु जस्तै यिनै बिबिध क्षणहरु मा सुरेन र पबित्रको जिबन्त अभिनयले गितलाई जिबन्तता दिएको छ।
भुपेन्द्र खड्काको यी रोमान्टिक शब्दका यो गीतलाई शान्तिम कोइराला र मिलन अमात्यको कर्ण प्रिय अवाज, राम सिटौलाको संगीत तथा अमुल कार्कीको एरेञ्जलाई  रबि कडेलले आफ्नो क्यामेरामा कैद गर्न कुनै कसुर बाँकि राखेका छैनन्। अमित तथा रविको निर्देशनमा रहेको यस गीतलाई अमित गुरुङ तथा सुदिप श्रेष्ठले सम्पादन गरेका हुन्।