सुजाताको स्वरलाई साथ दिदै प्रियंका र आयुष्मान रोमान्स 

भिडियो सहित 
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १५, २०७४
रियल लाइफ समेत प्रेमी जोडीको रुपमा चर्चामा आएका नेपालकी चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज सिड्नी निबासी गायिका सुजाता उपाध्यायको स्वरको भर्खरै रिलिज भएको गीतमा प्रेममा चुर्लुम्म डुबेका देखिन्छन । “हात थामी हेरी रहुँ म……. ” बोलको म्युजिक भिडियो सहित हालै सार्बजनिक भएको यस गीतमा गायिका सुजातालाई गायक राजेश घिमिरेले साथ दिएका छन् । सबिन एकतारेको शब्दको यस गीतको म्युजिक भिडियो विशाल भण्डारीले निर्देशन गरेका हुन् भने यसलाई निशान घिमिरे सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोको सुरु देखि अन्त सम्म नै पुरै प्रेमलाप चुर्लुम्म डुबेका प्रियंका र आयुष्मानको यो जोडीलाई मेलोडीयस रोमान्टिक यस गीतका शब्द र संगीत पुरक बनेको देखिन्छ।
यस अगाडी प्रसिद्द गायक उदित नारायण संग स्वर मिसाइसकेकी गयिका सुजाता यस बर्षको हिट्स एफएम अवार्डमा बेस्ट फिमेल भोकलिस्ट (कोलाब्रेसन) बाट समेत सम्मानित भएकी थिइन् । रिलिज भएको छोटो समयमा नै देश विदेशका दर्शक श्रोतहरु बाट आएका धेरै प्रतिकृयाले आफुलाई श्रोता दर्शकको छनोटमा अझ केन्द्रित हुदै भविष्यमा आझ उत्कृष्ट गीतहरु गाउन थप पेराणा मिलेको गयिका सुजाता उपाध्यायले द नेपाली टाईम्स अस्ट्रेलियाको कुराकानीमा बताईन।