गायिका मेचु धिमालको ‘गागरीको पानी’ सार्वजनिक

काठमाडौं– गायिका मेचु धिमालद्वारा गाइएको ‘गागरीको पानी…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतमा आधारित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्य समेत गरेकी छिन् । अभिनेता नीराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन् ।
विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन् । रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन् ।
‘गागरीको पानी’ गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् । रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देशक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन् । सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन् ।
विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्षण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन् । संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ ।
यस्तो छ गागरीको पानीको म्युजिक भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...