प्रजिता गेलाल – उपाध्यक्ष पदमा एक मात्र महिला उम्मेदवार
एनआरएनएमा मेरो बिगतको योगदान र कार्यक्षमता हेरेर आफुलाई सहयोग गर्न उनले मतदाताहरु संग आनुरोध गरेकी छन्

एनआरएनए अष्ट्रेलिया आगामी २०१७ – २०१९ कार्यसमितिको निर्वाचनको लागि तातेको छ । बिधान बमोजिम अष्ट्रेलियाको ८ ओटा राज्य / टेरिटोरीमा एक एक जना उपाध्यक्ष हुने प्राबधान छ । सम्बन्धित राज्यको संयोजकको रुपमा निर्वाचित उम्मेदवार राष्ट्रिय संयोजक समितिमा उपाध्यक्ष समेत रहने ब्यबस्था बिधानमा छ । कूल ८ उपाध्यक्ष मध्य दक्षिण अष्ट्रेलिया स्थित एडीलेड निवासी प्रजिता गेलालले आफ्नो उम्मेदवारी दिएकी छन् ।
वर्तमान कार्यसमिति राज्य समितिको सदस्यको रुपमा २ वर्ष काम गरिसकेकि प्रजिता एउटा कुशल पप गायिका र समाजसेवी पनि हुन् । नेपालकाे सुनसरी जिल्ला इटहरि निवासी प्रजिता सानैदेखि निक्कै हठी स्वभावकि महिला हुन् भने उनी समाजमा आफ्नो योगदानका आधारमा मतदाता दाजुभाई दिदी बहिनीहरुले आफुलाई सहयाेग गर्ने बताउँछिन ।
मानिसहरुको आ-आफ्नो राजनीतिक आस्था हुन्छ तर एनआरएनएका सवालमा म एक स्वतन्त्र उम्मेदवार हो । एनआरएनएमा मेरो बिगतको योगदान र कार्यक्षमता हेरेर आफुलाई सहयोग गर्न उनले मतदाताहरु संग आनुरोध गरेकी छन् । चुनाव ताका एनआरएनएमा नेपाल कै पाराले राजनीतिक प्रभाव भएकोमा उनी चिन्तित छन् । कुनै समूह र राजतैतिक आस्थाका आधारमा एनआरएन चलाउन खोज्दा संस्था सबैको साझा चौतारी बन्न सक्दैन र मानिसहरु समेटिन सकिदैनन ।
आस्थाका आधारमा कसैलाई काखा र पाखा हुन सक्ने गलत परम्पराको हामीले समर्थन गर्न कदापी हुदैन । समूहको राजनीति गर्नेहरुले राम्रो लार्इ भन्दा पनि हाम्रो लार्इ प्राथमिकता दिने परम्पराले गर्दा समाजमा धेरै राम्रा मान्छेहरु एनआरएनएमा अवसर नपाएको बिगतको परम्परालार्इ तोड्नको लागि आँफुले उम्मेदवारी दिएको कुरा प्रजिता गेलालले द नेपाली टाइम्सलार्इ बताइन ।
मैले ठुलो कुरा गर्दिन, मेरो आगामी कार्यकालमा सबै नेपाली मिलेर ( ग्रुप ग्रुप बनेर होइन ) सबैलाइ अवसर दिएर मिलेर आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्ने, नेपाली कला संस्कृतिको प्रबर्धन, नेपाली बालबालिकाहरुलाई नेपाली भाषा संस्कृति सिकाउने साथै नया आउने बिद्द्यार्थीहरुलाइ परेको समस्यामा सहयोग गर्नु का साथै नेपाल चिनाउने, पर्यटन प्रबर्धन गर्ने मेरो मुख्य काम हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



