गायक उत्तम मगरको ‘जीवन भरी…’ सार्वजनिक

काठमाडौं- गायक उत्तम मगर आफ्नो पहिलो गीत ‘जीवन भरी…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘जीवन भरी…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले कम समयमै लोकप्रिय भएको छ । आधुनिक शैलीको ‘जीवन भरी…’ गीतको म्युजिक भिडियोले यूट्युबमा सफलता पाएको हो ।
रवि लामाका मार्मिक शब्दहरुको उक्त गीतलाई चित्र तामाङले संगीतबद्ध गरेका छन् । बलराम समाल यो गीतका संगीत संयोजक हुन् ।
चण्डिप्रसाद काफ्लेसंग विगत केही वर्षदेखि शाष्त्रिय संगीतको प्रशिक्षण लिइरहेका गायक उत्तम मगरले पहिलो गीतबाटै आफ्नो सम्भावना व्यक्त गरेका हुन् ।

विभोर पोखरेलद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो गीत जत्तिकै मार्मिक बनेको छ । म्युजिक भिडियोमा निर्देशक पोखरेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवकको रोजगारीकै क्रममा निधन भएपछि स्वदेशमा रहेका परिवारको विचल्लिलाई कारुणीक शैलीमा प्रस्तुत गरेका छन् ।
म्युजिक भिडियोमा मोडल रोशन लामा तथा अभिनेत्री सम्पदा बानियाँले उत्कृष्ट अभिनय गरेका छन् । रोशन कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम कल कान्तिपुरको प्रस्तोतासमेत हुन् । पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा उनले आफ्नो अभिनय प्रतिभा प्रस्तुत गर्दै आएका छन् ।
टेकेन्द्र शाहद्वारा सम्पादित उक्त म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायांकन गरेका हुन् ।
यस्तो छ जीवन भरीको म्युजिक भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...