विराटनगरमा कांग्रेसले मार्यो बाजी

काठमाडौं– विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महानगरपालिकाको मेयरमा भीम पराजुली तथा उपमेयर इन्दिरा कार्की निर्वाचित भएका हुन् ।
शनिबार राति १२ बजे सम्मपन्न मत गणना अनुसार पराजुलीले एमाले उम्मेदवार विनोद ढकालभन्दा ५,५१० बढी मत प्राप्त गरे । पराजुलीले २३,०३१ मत प्राप्त गरे भनें ढकालले १७,३२१ मत पाएका हुन् ।
उपमेयरमा कार्कीले निकटतम् प्रतिस्पर्धी भन्दा ८,६२२ बढी मत प्राप्त गरिन् । कार्कीले २०,१४६ मत प्राप्त गर्दा संघीय समाजबादी फोरम र माओबादी गठबन्धनकी नमिता न्यौपानेले ११,५२४ मत प्राप्त गरिन् ।
संघीय फोरमबाट मेयरका उम्मेदवार उमेश यादवले १४,९५८ मत प्राप्त गरे । एमालेसँगको गठबन्धनबाट उपमेयरमा उठेकी लोकतान्त्रिक फोरमकी सूची चौधरीले १०,५३६ मत पाइन् । महानगरका १९ मध्ये ७ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । ५ वटा वडामा संघीय फोरम र ३ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । २ वटा वडामा स्वतन्त्र र एउटामा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्ष निर्वाचित भए ।
विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेको १० वर्षमा पराजुली महानगरको मेयर बन्न सफल भएका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...