अस्ट्रेलियाकी सुन्दरी छोरीको स्वरमा मै छोरी सुन्दरी 

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४
कुनै बेला प्रत्येक नेपालीको जनजिब्रोमा झुण्डिएको, पाखा पखेरीमा गुञ्जिएको भारती उपाध्यायको स्वरको “मै छोरी सुन्दरी कसरि भरुं पानी ……….” बोलको गीतलाई फरक स्वादमा आफ्नो बाल सुलभ स्वरले पुनर्ताजगी पार्दै सजाएकी छन् अस्ट्रेलिया निबासी ११ बर्षिय आयुष्का खनियाँले। बाबु युवाराज खनियाँ र आमा अन्जना खनियाँकी  छोरी आयुष्का गित संगै सबै अस्ट्रेलियाबसी कि सुन्दरी छोरि अनि सुन्दर स्वरको कारण चर्चामा छन्।  युटुयुब मार्फत सार्बजनिक गरिएको यस गीतमा विदेशमा हुर्केका दोश्रो पुस्तालाई मन पर्ने र उनीहरुले अलिकति भए पनि नेपाली संस्कृति र संगीत सिक्न अभिप्रेरित गर्ने किसिमले इंगलिस लिरिक्स समेत मिसाइ नेपाली गीतलाई नेपाली भेष भुषा संगै जोडीएको छ।
एक बर्ष अगाडी आफ्नो गीत “जुन त लाग्यो ताराले….” मार्फत नेपाली गायनमा छिरेकी आयुष्कालाई यस गीतमा पनि गयक अल्मोडा राना उप्रेतीले साथ दिएका छन् । गीत संगीत प्रति हुरुक्क हुने आयुष्का उनको एकल स्वरमा रहेको “यो मन ले … ” बोलको गीतको तयारीमा रहेको र यो गीत छिट्टै सार्बजनिक हुन लागेको पनि जनाइएको छ।
भिडियोको लागि
https://youtu.be/ViLURq17nYc