किरण भण्डारीको ‘छातीको दिल’ रिलिज  

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार २९, २०७४
अस्ट्रेलियामा बसेर संगीत साधनामा कटिबद्द किरण भण्डारीको नया गीत  “छातीको दिल” हालसालै युट्युब मार्फत रिलीज भएको छ । भण्डारीको आफ्नै शब्दको यो गीतलाई ऊनी आफैले संगीत र स्वर समेत दिएका छन्।
अहिलेको हाम्रो समुदायमा बिबाहित जोडी मध्ये कोहि परपुरुष वा परस्त्री संगको सम्बन्धका करण धेरैको घर र पारीबारमा कलह बढ्दो छ । यहि  हामि मध्ये धेरैले भोग्दै आएको धेरैको लुकीछिपी र कतै त खुलेआम हुने यस्ता सम्बन्ध र यसको असरलाई यस गीतमा भण्डारीले कथाबस्तु बनाएर सबैको सामु पस्केका छन् ।
म्युजिक भिडियोको रुपमा सार्बजनिक भएको यस गीतको भिडीयोमा सिड्नी अस्ट्रेलियाबाट मोडलीङ थालेका समि श्रेष्ठ र सपना खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई अरुण आर्यन चौधरी र सुबोध ताम्राकारको क्यामराले कैद गरेको  हो भने यसको निर्देशन र सम्पादन थण्डरस्ट्रोम अडियो भिडियोले गरेको हो।