नेपालको विजयी सुरुवात

काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुआत गरेको छ । सोमबार बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुआत गरेको हो ।
टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ गरेको थियो । २९ ओभरमा सबै विकेट गुमाएको सिङ्गापुरले ७३ रन मात्रै बनाउन सक्यो । ब्रिगु एयर ४२ र सेन अग्रवाल ११ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ८ ओभरमा दुई मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहब आलमले ३ र किशोर महतोले २ विकेट लिए ।
जवाफमा नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गर्यो । नेपालका लागि प्रनित थापामगरले २३, अनिल शाहले १९ र रोहित कुमारले ११ रन बनाए । सिङ्गापुरका लागि आर्यमान सुनिल, जीए आहानले २–२ तथा रोहित रंगराजन तथा अंस भरगाभाले १–१ विकेट लिए ।
यो जितसँगै नेपालले २ अंक पाएको छ । नेपालको अर्को खेल भोलि मंगलबारमलेसियासँग खेल्ने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...