गायक सत्यराज आचार्यको नयाँ भिडियो अष्ट्रेलियाबाट रिलिज

काठमाडौं– लोकप्रिय गायक सत्यराज आचार्यको ‘मधुशाला’ एल्बममा समावेश गरिएको ‘नचलाउ मलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण कंडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका गीतकार तथा संगीतकार पनि गायक सत्यराज आचार्य नै हुन् ।
अष्ट्रेलियामा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन सुरेन्स फोटोग्राफीको नामले अष्ट्रेलियाको नेपाली समुदायमा परिचित सुरेन श्रेष्ठले गरेका हुन् । दश महिनामा १० वटा भिडियो निर्माण गरेको उक्त टिमको यो भने आठौ म्युजिक भिडियो हो, जसमा स्वयम सुरेन श्रेष्ठले नै अभिनय गरेका छन भने निशा श्रेष्ठले अभिनयमा डेब्यू गरेकी छिन् ।

हरेक म्युजिक भिडियोमा सामाजिक सन्देश दिंदै आएको उक्त टिमको यो भिडियोमा भने एउटा सानो असमझदारीले पनि प्रेम सम्बन्धमा वाधा पु¥याउन सक्छ र समयमै कुराकानी मार्फत सुल्झाउनु पर्छ भन्ने भावना समेटिएको छ ।
उक्त गीतको भिडियोको छायांकन टेक बयलकोटीले गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन् । म्युजिक भिडियोमा सिड्नी, अष्ट्रेलियास्थित लक्ष्मी होम लोनलाई पनि फिचर गरिएको छ । उक्त भिडियोको निर्माण स्याट प्रो (सुरेन्स फोटोग्राफी एन्ड टिम) ले गरेको हो ।
स्मरणरहोस्, सत्यराज आचार्यको ‘मधुशाला’ एल्बम विश्वकै पहिलो ऐतिहासिक एल्बम हो, जसमा एकै जना श्रष्टाले स्वर, संगीत तथा शब्द रचना गरेका छन् ।
यस्तो छ नचलाउ मलाईको म्युजिक भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...