नेपाल र अष्ट्रेलियाबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना हुने 

समझदारी पत्रमा हस्ताक्षर सम्पन्न 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपाल र अष्ट्रेलियाले परराष्ट्र मन्त्रालय स्तरमा द्दिपक्षिय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र ( Memorandum of Understanding between the Ministry of Foreign Affairs of the Government of Nepal and the Department of Foreign Affairs and Trade of the Government of Australia on Establishment of Bilateral Consultation Mechanism ) मा गत १४ जुलाईका दिन अष्ट्रेलियाको राजधानी क्यन्बरामा हस्ताक्षर सम्पन्न  भएको छ । नेपाली राजदुतवास क्यानबराले एक प्रेस बिज्ञप्ति जारि गर्दै उक्त कुराको जानकारी गराएको छ।  बिज्ञप्तिका अनुसार उक्त समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र सचिब शंकर दास बैरागी तथा अस्ट्रेलियन सरकारको तर्फबाट कायममुकायम परराष्ट्र सचिब ग्यारी क्वीनलानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। संयन्त्र स्थापना पश्चात दुइ देशका समग्र पक्षमा पुनराबलोकन, सहयोगका नयाँ क्षेत्रहरु को पहिचान र बिबिध बिषयमा दृष्टिकोण आदान प्रदान गर्नका लागि सहयोगी हुनेछ । यसरि दुइ देश बीच यो संयत्रको प्रत्येक २/२ बर्षमा पालै पालै बैठक बस्नेछ।
परराष्ट्र सचिब शंकर दास बैरागीले संयन्त्र हस्ताक्षर अगाडी भएको छलफलमा लामो समय देखि अस्ट्रेलियाका तर्फबाट उच्चस्तरीय भ्रमण हुन नसकेको कुरामा जोड दिदै अस्ट्रेलियाका परराष्ट्रमन्त्रीलाई पठाएको निमन्त्रणाको स्मरण गराउदै र नेपालको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक स्थितिका बारे अबगत गराएका थिए । उक्त अवसरमा बैरागीले नेपालको संबिधान जारी भए पश्चात सम्पन्न स्थानीय तहको निर्बाचन संगै देश राजनीतिक स्थायित्व हुदै अगाडी बढेकाले बिकाश निर्माण संगै लागनिका अवसरहरु बढेको बताएका थिए । आफ्ना समकक्षीको भुकम्प पछिको पुनरनिर्मण सम्बन्धी चासोमा बैरागीले पुनर्निर्माण प्रगति बारे जानकारी गराएका थिए।
अस्ट्रेलियाको औपचारिक भ्रमणमा रहेका नेपाल सरकारका सचिब शंकर बैरागीले यहाँ रहदाँ क्यन्बरामा त्यहाँ रहेका नेपाली संघसंस्था एबं न्यु साउथ वेल्स महाबाणिज्यदुतको कार्यालयले सिड्नीमामा आयोजना गरेको भेटघाट र स्वागत कार्यक्रममा सरिक भएका थिए।
(फोटो : महामहिम राजदूत लक्की शेर्पाको फेसबुकबाट )