बाबा एजुकेसन कन्सल्टेन्सि सम्मानित

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४
अस्ट्रेलियाको सिड्नी अबस्थित बाबा एजुकेसन कन्सल्टेन्सि अष्ट्रेलियन आइडल कलेजद्वारा सम्मानित भएको छ । लामो समयदेखि विद्यार्थीहरु लिई शैक्षिक परामर्श र अध्यागमन सम्बन्धि सेवा प्रदान गर्दै आएको बाबा एजुकेसन कन्सल्टेन्सि उक्त कलेजद्वारा  “एजेन्सी अफ् द इएर २०१७” को उपाधिले सम्मान गरेको कन्सल्टेन्सीका सि इ ओ, रबिन्द्र कुमार शर्माले जानकारी दिए। उनका अनुसार नेपालको न्युरोड र अष्ट्रेलियाको सिड्निबाट बाबा एजुकेसन कन्सल्टेन्सिले बिद्यार्थीहरुलाई उच्च शिक्षा र भिषा सम्बन्धि परामर्श सेवा प्रदान गर्दै आएको छ ।
कन्सल्टेन्सीको स्तरिय र विश्वसनीय सेवाका लागि यस अगाडी पनि बाबा एजुकेसन बिभिन्न शैक्षिक संस्थाहरु बाट सममानित हुदै आएको छ।  यसले कन्सल्टेन्सिमा कार्यरत सबैलाई निक्कै खुसि बनाएको र भविष्यमा पनि अझै बृहत र बेबस्थित सेवा पुराउदै जान आफुहरु झन् उत्साहित भएको बाबा एजुकेसन कन्सल्टेन्सि सिड्निका मार्केटिङ एन्ड एड्मिसन म्यानेजर अमृत शर्माले द नेपाली टाईम्स संगको कुराकानीमा बताए।