रामनाथ कोविन्द भारतका राष्ट्रपति

काठमाडौं– भारतको राष्ट्रपति पदमा भारतीय जनता पार्टी गठबन्धन (एनडीए) का उम्मेदवार रामनाथ कोविन्द निर्वाचित भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोविन्दलाई निर्वाचक मंडलको ६५ प्रतिशत भन्दा धेरै मत प्राप्त भएको थियो भने उनकी प्रतिस्पर्धी विपक्षकी साझा उम्मेदवार मीराकुमारले करिब ३४ प्रतिशत मात्रै मत प्राप्त गरिन् ।
राष्ट्रपति पदमा निर्वाचित हुनु अघि रामनाथ कोविन्द बिहार राज्यका राज्यपाल थिए । हालका राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल जुलाई २४ मा समाप्त हुँदै छ । यसको एक दिनअघि कोविन्दले भारतको १४ औं राष्ट्रपतिका रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । कोविन्द के आर नारायणन पछि भारतमा दलित समुदायका राष्ट्रपति हुनेछन् । कानून व्यवसायी समेत रहेका ७२ वर्षीय कोविन्दको जन्म उत्तर प्रदेश राज्यको कानपुरमा भएको थियो ।
१९९१ देखि भारतीय जनता पार्टीमा संलग्न रहेका उनी दुई अवधि राज्यसभाका सांसद समेत थिए । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि उनी बिहारको गभर्नर नियुक्त भएका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...