रामनाथ कोविन्द भारतका राष्ट्रपति

काठमाडौं– भारतको राष्ट्रपति पदमा भारतीय जनता पार्टी गठबन्धन (एनडीए) का उम्मेदवार रामनाथ कोविन्द निर्वाचित भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोविन्दलाई निर्वाचक मंडलको ६५ प्रतिशत भन्दा धेरै मत प्राप्त भएको थियो भने उनकी प्रतिस्पर्धी विपक्षकी साझा उम्मेदवार मीराकुमारले करिब ३४ प्रतिशत मात्रै मत प्राप्त गरिन् ।
राष्ट्रपति पदमा निर्वाचित हुनु अघि रामनाथ कोविन्द बिहार राज्यका राज्यपाल थिए । हालका राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल जुलाई २४ मा समाप्त हुँदै छ । यसको एक दिनअघि कोविन्दले भारतको १४ औं राष्ट्रपतिका रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । कोविन्द के आर नारायणन पछि भारतमा दलित समुदायका राष्ट्रपति हुनेछन् । कानून व्यवसायी समेत रहेका ७२ वर्षीय कोविन्दको जन्म उत्तर प्रदेश राज्यको कानपुरमा भएको थियो ।
१९९१ देखि भारतीय जनता पार्टीमा संलग्न रहेका उनी दुई अवधि राज्यसभाका सांसद समेत थिए । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि उनी बिहारको गभर्नर नियुक्त भएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...