नया कप भलिबल टुर्नामेन्ट हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
बिभिन्न खेलको माध्यमले युवा बर्ग बिच स्वस्थ जीबन र भाईचारा सम्बन्ध स्थापित गर्दै आएको नेपालीज अस्ट्रेलियन युथ एसोसिसन ( नया ) ले आउँदो जुलाई ३० का दिन एक दिने भलिबल टुर्नामेन्टको आयोजना गर्दैछ । पिसीवाईसी क्लब म्यारिकभिलमा हुदै गरेको उक्त टुर्नामेन्टमा सिड्नीका ८ र मेलबर्नको एक गरि नौ टिम सहभागी हुने टुर्नामेन्ट संयोजक धिरोज मल्लले बताए।  मल्लका अनुसार हालै नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने जुन निर्णय गरेको छ, यसबाट सबै भलिबल प्रेमीहरु एकदमै खुसि छौ। यहि खुसि खेल कै माध्यमबाट मनाउन पनि यो टुर्नामेन्टको आयोजना गरिएको हो ।
टुर्नामेन्टमा प्रथम हुने टिमलाई  १३०० अस्ट्रेलियन डलर साथमा खसी ट्रफी मेडल र प्रमण पत्र, त्यसरी नै दोश्रो हुने टिमलाई  ७०० अस्ट्रेलियन डलर साथमा खसी ट्रफी मेडल र प्रमण पत्र र सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिने छ । टुर्नामेन्टमा सहभागी भइ आफुलाई मन परेको टिम, मन परेको खेलाडी र आयोजकलाई समेत प्रोत्साहन गर्न आयोजक नयाले सबै खेलप्रेमी दाजु-भाई दिदि-बहिनिहरुलाई अनुरोध गरेको छ । खेल बिहान नौ बजे देखि साँझ ६ बजे सम्म चल्नेछ ।
थप जानकारीका लागि टुर्नामेन्ट संयोजक धिरोज मल्ल 0423 718 834  वा कोमल पाठकलाई 0450 686 144 मा सम्पर्क गर्न सकिनेछ ।