गोर्खा नेप्लिज कम्युनिटीको साधारण सभा सम्पन्न 

जितमान लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४
अस्ट्रेलियाको नेपाली समुदायमा निक्कै पुरानो पहिचान र इतिहास बनाएको गोर्खा नेप्लिज कम्युनिटीको साधारण सभा गत जुलाई ८ का दिन सम्पन्न भएको छ।  साधारण सभाले संस्था भित्रै र बृहतर नेपाली समुदायमा निक्कै लामो समय देखि सकृय जित मान लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ । २०१७-२०१९ कार्यकालको लागि संस्थाका अन्य पदाधिकारीहरु मा राजेन्द्र थापा – उपाध्यक्ष, राजिब प्रधान – उपाध्यक्ष एबम खेलकुद सचिब, प्रकाश निङ्ग्लेकु – महासचिब,  पबी सुब्बा – कोषाध्यक्ष,  हंश लिम्बु – सहकोषाध्यक्ष, डा. राजन क्षेत्री – पब्लिक अफिसर, सुपर गुरुङ – सह खेलकुद सचिब, संगीता गुरुङ – कल्चरल सेक्रेटरी, नरेन्द्र राई – सोसियल सेक्रेटरी, हेम ( हसन) लिम्बु – मेम्बरशिप अफिसर, इराज थापा – कम्युनिकेसन अफिसर ( एबम आइ टि ) हुनु हुन्छ।  त्यसै गरि संस्थाका एक्जुक्युटिभ सद्स्यहरुमा बिमल केसी, पल्लाभी थापा, कुमार अर्याल, गजेन्द्र लिम्बु, टोम थापा, पवित्रा सुब्बा र  ज्ञानेन्द्र गुरुङ हुनुहुन्छ ।
अस्ट्रेलियामा नेपाली आगमन संगैको ईतिहास बोकेको संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित भए पश्चात द नेपाली टाईम्स अस्ट्रेलिया संग कुरा गर्दै नब निर्बाचित अध्यक्ष जित मान लिम्बुले प्रसन्नता व्यक्त गर्दै यो जिम्मेबारीलाई आफुले हर तरिकाले सबैको सर सल्लहा अनुसार पुरा गर्ने बताए। बिगतमा संस्थाले गर्दै आइरहेका खेल र कला संस्कृतिको जगेर्नालाई आफुले पनि उच्च प्रथामिकताका साथ लिदै सबै संघ संस्था र सुमदायका अग्रजहरु संग सहकार्य गर्दै आगाडी बढ्ने पनि लिम्बुले बताए।