अष्ट्रलियामा २३ औ आदिबासी दिबस मनाइदै

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ११, २०७४
सधैका बर्षहरु मा  जस्तै यो वर्ष पनि नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलियाले २३ औं अन्तराष्ट्रिय बिश्व आदिबासी दिवस अगष्ट १२ मा बिबिध कार्यक्रम सहित मनाउदै छ । संयुक्त राष्ट्र संघले विश्वमाभर रहेका आदिवासीहरु को हकअधिकारलाई सुनिश्चितता गर्न “आदिवासीहरुको अधिकार घोषणापत्र ” जारी गरेको दश बर्ष पुगेको उपलक्ष्यमा सोहि दिन दशौं वार्षिक उत्सवको रुपमा पनि मनाइदै छ ।
यस पटकको कार्यक्रममा जनजातिका मुल्य र मान्यता प्रति प्रतिबद्द अन्य नौ संस्थाहरुको पनि कार्यक्रममा सहभागिता हुनेछ । यसरी नै कार्यक्रममा सिड्नीमा भएका नेपाली आदिवासीहरुले विभिन्न विधामा  प्राप्त गर्नु भएको सफलतालाई  कदर गर्दै सम्मान गरिने छ ।  त्यसरी नै अष्ट्रलियामा रहेर आदिबासी र जनजातिका हक अधिकारका लागि सदैब आवज उठाउने अग्रजहरु लाई पनि उक्त अवसरमा सम्मान गरिने नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलियाका अध्यक्ष अरुण तामांगले बताए । तामांगका अनुसार कार्यक्रममा प्रमुख आथितिको रुपमा अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाको उपस्थित रहनेछ, बिशेष अतिथिको रुपमा अस्ट्रेलियाको केन्द्रिय संसदमा आदिबासीबाट प्रतिनिधत्व गर्ने पहिलो फेडरल संसद लिन्डा बुर्नोले कार्यकमलाई सम्बोधन गर्नेछिन् ।  त्यसैगरी अस्ट्रेलियाको लागि युएन प्रतिनिधि, नेपाली महाबाणिज्यदुत लगायत नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिहरु को कार्यक्रममा उपस्थित रहनेछ।
१२ आगस्तका दिन रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा साँझ पाँच बजेबाट सुरु हुने उक्त कर्यक्रमको प्रवेश शुल्क १० डलर तोकिएको छ । कार्यक्रममा बिभिन्न जनजातिका कला संस्कृति रहन सहन झल्कने भेष भुषा र संस्कृतिक कार्यक्रमहरु लगायत खानाका परिकारहरु पनि उपलब्ध हुनेछन । कार्यक्रममा उपस्थिति भाई कार्यक्रम प्रति एक्यबद्दता जनाइदिनुहुन सबै दाजु भाई दिदि बहिनिहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।