अस्ट्रेलियामा वी.पि. चिन्तन प्रतिष्ठान गठन

अस्ट्रेलियाकै पाका समाजसेवी दुर्गा आचार्य प्रतिष्ठानको अध्यक्ष 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ११, २०७४
राष्ट्रियता, प्रजातन्त्र र समाजबाद कुनै पनि राष्ट्रको अस्तित्व, अस्मिता र न्यायपूर्ण सशक्तिकारणका लागि अनिबार्य शर्त मान्ने नेपाली राजनीतिका शीर्ष पुरुष नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवादलाई नेपाली राजनीतिमा स्थापित गर्न जीबन अर्पण गरेका महामानव बि पि कोइरालाका विचारहरुलाई आत्मसाथ गर्दै वी.पि. चिन्तन प्रतिष्ठान गठन भएको छ ।
अस्ट्रेलियाका पुराना समाज सेवी र लामो समय देखि मेलबर्नमा सक्रिय दुर्गा आचार्यको अध्यक्षतामा गठित प्रतिष्ठानका अन्य पदाधिकारीहरु मा  उपाध्यक्ष: डा. घनश्याम चापागाई, महासचिब: अभिमन्यू के.सी., कोषाध्यक्ष: डा. डिल्ली बञ्जाडे,  प्रबक्ता: डिल्लीराम ढकाल, रिलेशन प्रबन्धक: रमेश छत्कुली रहेका छन् । कार्यसमिति सदस्यहरुमा नारायण काफ्ले, डा. राजु अधिकारी, डा. चन्द्रदीप पोखरेल, छिरिङ् लामा, श्री पन्त, पुरुषोत्तम मिश्र, रामबहादुर थापा, जानकी पौडेल, कमल अधिकारी, डा. देवराज पौडेल, डा. भरतराज पौडेल, शरण कोइराला, नगेन्द्र अधिकारी, भूपेन्द्र के.सी. र राजन ढुंगेल रहेको प्रबक्ता डिल्लीराम ढकालले जारि प्रेस बिज्ञप्तिमा जनाइएको छ।
प्रतिष्ठान गठनका बिषयमा धेरै साथीहरु संग धेरै पटक लामो समय देखि विचार बीमर्श हुदै आएको र यसलाई बि. पि. जयन्तिको अवसर परेर पूर्णता दिइएको प्रतिष्ठान दुर्गा आचार्यले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए । आचार्यका अनुसार अस्ट्रेलियामा रहेका बि. पि. आदर्शमा बिश्वास गर्ने साथीहरु बीचको यो एक किसिमको बैचारिक चौतारी हो । यसलाई कुनै राजनीतिक संघ संस्थाको रंग र आँखाले नहेरिदिनुहुन पनि आचार्यले सबैलाई अनुरोध गरेका छन्।