रहिनन् कला अन्वेषक डिना बाङ्देल

काठमाडौं– प्रसिद्ध कला अन्वेषक तथा इतिहासकार (आर्ट हिस्टोरियन) डिना बाङदेलको अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा निधन भएको छ । उपचारकै क्रममा उनको निधन भएको बताइन्छ ।
साइनसको शल्यक्रियाका लागि उनी दुई साता अघि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनिन्जाइटिस देखिएको थियो ।
५४ वर्षीया बाङदेल पछिल्लो समय कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक थिइन् ।
प्रसिद्ध कलाकार तथा लेखक लैनसिं बाङदेलकी छोरी डिना हिमाली, नेपाली र बौद्ध कलाका लागि अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त थिइन् ।
सन् १९६० को दशकयता अन्तर्राष्ट्रिय क्षेत्रमा ओझेलमा परेको नेपाली कलालाई पछिल्लो समय विश्व समुदायमाझ परिचित गराउनमा डिना सक्रिय थिइन् ।
फ्रान्सको एक कला संग्रहालय ‘म्यूजे गिमेसँगको सहकार्यमा नेपाली कलालाई विश्वका विभिन्न शहरमा प्रदर्शन गर्ने योजना पनि उनले अगाडि बढाएकी थिइन् ।
पिता लैनसिं बाङ्देलले नेपालबाट चोरी भएर विदेशिएका मूर्तिबारे पुस्तक प्रकाशन गरेका थिए, यतिबेला डिना ती मूर्तिहरु स्वदेश फर्काउने अभियान चलाइरहेकी थिइन् ।
गत चैतमा काठमाडौं र ललितपुरमा सम्पन्न कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ को आयोजनामा उनको विशेष योगदान थियो ।
विश्वस्तरकी आर्ट क्युरेटर समेत रहेकी कला अध्येता डिना नेपाल कला परिषदकी बोर्ड अर्फ डाइरेक्टर्सकी सदस्य, नेपालका ग्रामिण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलकी ट्रष्टी समेत थिइन् ।
अमेरिकाको ओहायो युनिभर्सिटीबाट विद्यावारिधी डिनाले दक्षिणएशियाली समकालिन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा अनुसन्धान पनि गरेकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...