रहिनन् कला अन्वेषक डिना बाङ्देल

काठमाडौं– प्रसिद्ध कला अन्वेषक तथा इतिहासकार (आर्ट हिस्टोरियन) डिना बाङदेलको अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा निधन भएको छ । उपचारकै क्रममा उनको निधन भएको बताइन्छ ।
साइनसको शल्यक्रियाका लागि उनी दुई साता अघि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनिन्जाइटिस देखिएको थियो ।
५४ वर्षीया बाङदेल पछिल्लो समय कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक थिइन् ।
प्रसिद्ध कलाकार तथा लेखक लैनसिं बाङदेलकी छोरी डिना हिमाली, नेपाली र बौद्ध कलाका लागि अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त थिइन् ।
सन् १९६० को दशकयता अन्तर्राष्ट्रिय क्षेत्रमा ओझेलमा परेको नेपाली कलालाई पछिल्लो समय विश्व समुदायमाझ परिचित गराउनमा डिना सक्रिय थिइन् ।
फ्रान्सको एक कला संग्रहालय ‘म्यूजे गिमेसँगको सहकार्यमा नेपाली कलालाई विश्वका विभिन्न शहरमा प्रदर्शन गर्ने योजना पनि उनले अगाडि बढाएकी थिइन् ।
पिता लैनसिं बाङ्देलले नेपालबाट चोरी भएर विदेशिएका मूर्तिबारे पुस्तक प्रकाशन गरेका थिए, यतिबेला डिना ती मूर्तिहरु स्वदेश फर्काउने अभियान चलाइरहेकी थिइन् ।
गत चैतमा काठमाडौं र ललितपुरमा सम्पन्न कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ को आयोजनामा उनको विशेष योगदान थियो ।
विश्वस्तरकी आर्ट क्युरेटर समेत रहेकी कला अध्येता डिना नेपाल कला परिषदकी बोर्ड अर्फ डाइरेक्टर्सकी सदस्य, नेपालका ग्रामिण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलकी ट्रष्टी समेत थिइन् ।
अमेरिकाको ओहायो युनिभर्सिटीबाट विद्यावारिधी डिनाले दक्षिणएशियाली समकालिन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा अनुसन्धान पनि गरेकी थिइन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...