एक भए साझा पार्टी र विवेकशील नेपाली दल

काठमाडौं– साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरण भई विवेकशील साझा पार्टीको घोषणा भएको छ । आज बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विवेकशील साझा पार्टीको घोषणा गरिएको हो ।
पार्टीको अधिवेशन नहोउञ्जेल सम्मका लागि सामूहिक नेतृत्व रहने उक्त पार्टीले जनाएको छ । ८ सदस्यीय संयोजन समितिको सह संयोजकमा उज्वल थापा र रविन्द्र मिश्र सहसंयोजक रहनेछन् । समितिका अन्य सदस्यमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडेल छन् ।
सामूहिक नेतृत्वमा गए पनि पार्टी बैठकको अध्यक्षता भने रविन्द्र मिश्रले गर्ने सहमति भएको छ । पार्टी घोषणासँगै ३४ जनाको केन्द्रीय समिति समेत घोषणा भएको छ । जसलाई महाधिवेशनसम्म ५९ सदस्यीय बनाइने उक्त पार्टीले जनाएको छ ।
नयाँ दलको लोगो र चुनाव चिन्ह तराजु रहनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...