विस्तार भयो मन्त्रिपरिषद्

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त १९ मन्त्रीहरुको शपथ आजै राष्ट्रपति भवनमा भएको छ । नेपाली कांग्रेसबाट यज्ञबहादुर थापाले कानुन, वीरबहादुर बलायरले भौतिक पूर्वाधार तथा योजना, मोहन बस्नेतले सुचना तथा सञ्चार, सञ्जय गौतमले सिंचाई, मीन विश्वकर्माले वाणिज्य र अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी मन्त्रालय सम्हाल्ने भएका छन् । भीमसेनदास प्रधानले रक्षा, रामकृण्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् ।
माओवादी केन्द्रले स्वास्थ्य मन्त्रालयमा गिरिराजमणि पोखरेल र ऊर्जा मन्त्रालयमा महेन्द्रबहादुर शाहीलाई पठाएको छ। अन्य मन्त्री हुनेमा शिवकुमार मण्डल, आशा कोइराला, टेकबहादुर बस्नेत र शान्तबहादुर चौधरी छन् ।
यस्तो छ मन्त्रालयको जिम्मेवारी
गिरिराजमणि पोखरेल – स्वास्थ्य
जितेन्द्र देव – संस्कृति तथा पर्यटन
गोपाल दहित – भूमिसुधार
रामकृष्ण यादव – कृषि विकास
मोहन बस्नेत – सूचना तथा सञ्चार
महेन्द्र यादव – खानेपानी तथा सरसफाई
वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात
मीन विश्वकर्मा – वाणिज्य
अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
भीमसेनदास प्रधान – रक्षा
राजन केसी – युवा तथा खेलकुद
यज्ञबहादुर थापा – कानुन
सञ्जयकुमार गौतम – सिंचाई
टेकबहादुर बस्नेत – सामान्य प्रशासन
शिवकुमार मण्डल – आपूर्ति
महेन्द्रबहादुर शाही – ऊर्जा
आशा कोइराला – महिला तथा बालबालिका
वसन्तकुमार थारु – पशुपंक्षी विकास
मिथिला चौधरी – वातावरण
तस्बिर सौजन्य : ईकान्तिपुर
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



