बेलायतबाट विदेहले ल्याए प्रस्ताविक

काठमाडौं– वेलायतमा बसोबास गर्ने संगीतकार तथा गीतकार विदेह मणि उपाध्यायद्वारा रचना गरिएका तथा संगीतबद्ध आधुनिक गीतहरुको पहिलो एकल एल्बम ‘प्रस्ताविक’ काठमाडौंमा लोकार्पण गरिएको छ । पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वमणि प्रसाद उपाध्यायले मंगलबार आयोजित साइ भजन समारोहमा उक्त एल्बम लोकार्पण गर्नु भएको हो ।

बेलायतमा बसोबास गर्दै आएका गीतकार तथा संगीतका उपाध्यायले आफ्नो यो पहिलो एल्बममा छ वटा गीतहरु समावेश गरेका छन् । एल्बमको पहिलो गीत ‘आउ मनको मित’ राष्ट्रिय भावको छ । यो गीतमा गायक अनुप रेग्मीको स्वर सुन्न सकिन्छ । ‘सुन सुन डल्ली रेशम’ शीर्षकको यूगल गीतमा गायक अनुप रेग्मी तथा गायिका मनीषा पोखरेलको स्वर छ । ‘शुभकामना छ जन्मदिनको…’ गीतमा भने गीतकार तथा संगीतकार विदेह मणि उपाध्यायकै स्वर सुन्न सकिन्छ । एल्बममा एउटा गजल पनि छ । ‘लहरायो सोचको फाट’ शीर्षकको गजलमा गायक राज सिग्देलको स्वर समावेश छ । ‘पुरा गर सपना…’ शीर्षकको एल्बमको पाचौं गीतमा गायक शेखर ढकालको स्वरमा रेकर्ड भएको छ । एल्बमको छैटौं गीत ‘म यार यार भन्छु’ मा भने गायक अनुप रेग्मी तथा गायिका जुनु गौतको स्वर समावेश छ ।
एल्बमका गीतमा गायक अनुप रेग्मी तथा विदेह मणि उपाध्यायले संयुक्त रुपमा संगीत दिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...