दिल तामांगको माया सगरको गहिराइ भन्दा पनि गहिरो  (भिडियो सहित )

-- द नेपाली टाईम्स अस्ट्रेलिया ?>
अस्ट्रेलियालाई कर्म क्षेत्रको रुपमा रोजेर पनि नेपाली संगीत उत्तिकै माया गर्दै यस अगाडी पनि धेरै पटक कर्ण प्रिय स्वरमा गीतहरुले श्रोता दर्शकको मन जित्दै आएका दिल तामांगले फेरि एक पटक हृदयस्पर्शी गीत  “सागरको गहिराइ भन्दा गहिरो माया थियो ” लिएर आएका छन् ।  म्युजिक भिडियोको रुपमा हालै सार्बजनिक भएको उक्त गीतमा सिड्नीमै बसोबास गर्ने  सरस्वती लामा र प्रमोद भारद्वजले अभिनय गरेका छन् ।
यस गीतको शब्द संगीत गायक स्वयम दिल तामांगले गरेका हुन् भने यसको निर्देशन  भिबोर पोखरेल गरेका हुन् । सबै प्रकारका गीत संगीत गाउन रुचाउने र लामो मेहनत पछाडी मात्र कुनै पनि गीत रेकर्ड गर्न रुचाउने गयक तामांगले यस आगाडी धेरैले मन पराउनु भएको गीत “म त नेपाली ठिटो ” जस्तै यस गीतमा पनि मेहनत गरेको र यसलाई सबैले मन पराउने आफुले बिश्वास लिएको द नेपाली टाईम्स अस्ट्रेलियाको कुराकानीमा बताए।