प्रथम हिमा-अस ताल बारही कप २०१७ हुदै  

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
फेवा क्लब सिड्नीको आयोजनामा आउने अगस्त २० का दिन म्यारिकभिल स्थित पिसीवाईसीमा एक दिने इन्डोर फूट्सल रनिंग शील्ड प्रतियोगिता हुदैछ। हिमा-अस  कन्सल्टेंसी प्रमुख प्रयोजक रहेको उक्त प्रतियोगितालाई एक्सपोर्ट एजुकेशन एंड भिसा सर्विस र ऐक्टिव मोर्गिज द्वारा प्रायोजन गरेका हुन् । आउटडोर प्रतियोगिताहरु प्रसस्तै भए पनि फेवा क्लब सिड्नीले इंडोर फ़ुट्बल प्रेमीहरु लाई लक्षित गर्दै यो प्रतियोगिताको आयोजना गरेको बताईएको छ । फेवा क्लबका बुद्द गुरुंगका अनुसार प्रतियोगितामा बिजयी हुने पहिलो टिमलाई नगद पुरस्कार $१५०० र दोस्रोलाई $८०० सय  नगद पुरुस्कार प्रदान गरिनेछ।
२४ क्लबहरू ले भाग लिने लगभग पक्का भएको उक्त प्रतियोगिता बिहान ठीक ९ बजे  देखि ५३१ Illawarra road marrickvill NSW 2204 मा हुदैछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रवेश शुल्क $३०० तोकीएको छ भने रेजिस्ट्रेशन पहिला आउने टिमलाई पहिलो प्रथामिकता दिएर गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, फेयर प्लेअर र उत्कृष्ट खेलाड़ीहरू लाई समेत पुरष्कृत गरिने आयोजक द्वारा जानकारी गरिएको छ । प्रतियोगिताको म्याच अफिसर राजू मानन्धर तथा प्रोग्राम को-आर्डिनेटर अजय थापा तिकिएको पनि आयोजकले जनाएको छ । साथै यो प्रतियोगितालाई पोखरा समाज र पोखरा भलीबल टीमको पनि पूर्ण सहयोग रहेको पोखरा भलीबल टीमका तर्फ बाट अर्जुन गुरुंगले जानकारी दिए।
प्रतियोगिता सम्बन्धि थप जानकारीका लागि ईमेल fewafootballclub@gmail.com अजय 0430303302 , बुद्ध 0416634677, नरेन 0404652742 लाई सम्पर्क गर्न सकिनेछ।