राजपाको मागप्रति सरकार सकारात्मक

काठमाडौं— असोज २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहभागी गराउन सरकारले संविधान संशोधनबाहेक उसका अन्य मागहरु पुरा गर्ने भएको छ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संशोधनबाहेकका अन्य माग पूरा गर्ने काम प्रारम्भ भैसकेको जानकारी दिएका छन् । महान्यायाधिवक्ता रमण श्रेष्ठले सर्वोच्च अदालतको प्रक्रिया, कार्यविधिलगायतको अधीनमा रही मुद्दा फिर्ता र बन्दी रिहा गर्ने प्रक्रिया प्रारम्भ भैसकेको जानकारी दिएका छन् ।
केही मुद्दाको टुंगो लागिसकेको तथा केही मुद्दा फिर्ता हुने प्रक्रियामा रहेको बताउदै श्रष्ठले सर्वोच्चको प्रक्रिया, कार्यविधिलगायतका अधीनमा रही मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
सरकारले राजपाका कार्यकर्तामाथि लागेका २ सय २ मुद्दामध्ये अदालतबाट १ सय ३० वटा मुद्दाको टुंगो लागेको छ । सरकारले दायर गरेका ती मुद्दामा मुछिएका २ सय ५१ जनाले सफाइ पाएका छन् । उनीहरूले सफाइ पाए पनि अदालतले ७३ हजार रुपैयाँ जरिबाना तोकेको छ । जरिबाना पनि सरकारले तिरिदिने वचन दिएको राजपा नेताले बताएका छन् । बाँकी ७३ मध्ये ५२ मुद्दाका अभियुक्त फरार रहेको सूची सरकारले राजपालाई बुझाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...