गायिका रेश्मा बम्जनको डम्फू र सेलो सार्वजनिक

काठमाडौं- तीज गीतको लहर चलिरहेको बेला गायिका रेश्मा बम्जनले लोक सेलो गीत स्रोता तथा दर्शकमाझ प्रस्तुत गरेकी छिन् । संगीतकार प्रकाश गुरुङ तथा चण्डिप्रसाद काफ्लेकी चेली गायिका बम्जन आफ्नै स्वरको ‘डम्फू र सेलो…’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत आएकी हुन् ।
आफ्नो गीति एल्बम ‘प्रथमा’ को अन्तिम तयारीमा रहेकी गायिका बम्जनले सोही एल्बमको शीर्षक गीतको म्युजिक भिडियो यूट्युबको सङ्सनेपाल च्यानलबाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएको केही दिनमै भिडियो झन्डै डेढ लाख पटक हेरिएको छ ।
फूलकुमार बम्जनका शब्द तथा संगीतको उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।
काठमाडौं वरपरका रमणीय लोकेशनमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
गायिका बम्जनले आफ्नो डेब्यू एल्बम प्रथमामा छ वटा गीत समावेश गर्ने बताएकी छिन् ।
यस्तो छ डम्फू र सेलोको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...