भरतपुरको वडा नम्बर १९ मा आज मतदान

काठमाडौं– भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज शुक्रवार पुन: मतदान हुँदैछ । निर्वाचन कार्यालयले कडा सुरक्षा व्यवस्थासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचनका लागि वडाका ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१ जना, सशस्त्रका ३ सय जना र तेस्रो घेरामा सयभन्दा बढी संख्यामा सेना खटिएका छन् । छुट्टाछुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ । वडामा हिजो साँझ ७ बजेबाट अघोषित रूपमा सवारी आवतजावत बन्द गराएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले सुरक्षा चुनौती मध्यनजर गर्दै कडा पारिएको जनाएको छ ।
मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे हिजो नै जिल्ला आएका छन् । बिहीबार दिनभर वर्षाले अवरोध गरे पनि साँझपख थामिएपछि कर्मचारी र सुरक्षाकर्मी मिलेर बुथ बनाइसकेका छन् । मतदानका दिन वर्षाले असर नपुर्याओस् भनेर बुथमा पालसमेत हालिएको छ ।
वैशाख ३१ को चुनावमा उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गणना क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि अन्योल छाएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनस् मतदान गर्ने निर्णय लिएको थियो ।
मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वीका रूपमा माओवादीकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसके पनि २० नम्बर वडाको भने बाँकी छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...