मत खेर नजाओस् भन्दैछन् भरतपुर–१९ का मतदाता

भरतपुर– भरतपुर नगरपालिका वडा नम्बर १९ का मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रूपमा लिएका छन् । रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर मतदानको लागि आएको बताएका छन् । अधिकांश मतदाताको विचार पुरानो घटना नदोहोरियोस् र आफ्नो मत खेर नजाओस् भन्ने छ ।
बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएका छन् ।
५३ वर्षीया सन्तमाया गुरुङले पनि दोस्रोपटक भोट हालिन । खुसी छु, किन दुःखी हुनुपर्यो र रु गुरुङले भनिन्, ँराम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौं, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौंबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए ।
नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताए ।
कांग्रेस–माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणु दाहालले पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा सहभागी भएको बताइन् ।
मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पर्यवेक्षकको उपस्थिति पनि बाक्लो देखिन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...