नारी निकुञ्जको तीज महोत्सब तयारी पुरा 

परोपकरिता र तीज संग संगै 
-- द नेपाली टाईम्सअस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन २६, २०७४
 सधैका बर्षहरु जस्तै यस पटक पनि एनआरएनए वुमन फोरम नारी निकुन्ज अष्ट्रेलिया तथा एनआरएनए एससीसी वुमन फोरम एनएसडब्लुको आयोजनामा हुदै गरेको “तीज महोत्सब”  को सम्पूर्ण तयारी पुरा भइ सकेको संस्था जनाएको छ । आउँदो शनिबार १२ अगस्तका दिन ओरियन फंक्सन सेन्टर 155  Beamish Street Campsie मा हुदै गरेको उक्त कार्यक्रम दिउसो र साँझ गरि दुइ चरणमा सम्पन्न हुदैछ ।
बिहान ११ बजे देखि ३ बजे सम्म हुने कार्यक्रममा सबैलाई खुल्ला गरिएको र प्रवेश शुल्क ५ डलर मात्र तोकिएको छ भने साँझको कार्यक्रम साँझ ६ बजेबाट सुरु हुनेछ । २० डलर प्रवेश शुल्क तोकिएको साँझको कार्यक्रम महिला दिदि बैनीहरुको लागि मात्र सिमित गरिएको पनि नारी निकुञ्जकी अध्यक्ष प्रतिज्ञा अधिकारीले बताइन । अधिकारीले कार्यक्रमलाई रोचक बनाउनका लागि नेपालकि चर्चित गायिका सुनिता दुलालको बिशेष प्रस्तुति रहने र उनको प्रस्तुति सहित यो पटकको तीज भब्य र सभ्य तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा गरि सकेको बताइन । द नेपाली टाईम्स अस्ट्रेलिया संग कुरा गर्दै अध्यक्षअधिकारीले भनिन विदेशमा तीज नेपालमा सेवा भन्ने संकल्प सहित हुदै गरेको यस पटकको तीजलाई यहाँ रहेका धेरै भन्दा धेरै संघ संस्थाहरु संग सहकार्य गर्दै सम्पन गरिन लागिएको छ, जस अनुसार २० वटा भिन्न संघ संस्थाहरु एकै ठाउँमा आई १४ भन्दा बढी भिन्न भिन्न प्रस्तुतिहरु गर्ने छन् । जसमा सिड्नीकी गायिका सुजाता उपाध्यया लगयतका स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ भने कार्यक्रममा सहभागीले तिरेको प्रत्येक सेन्टको सहि सदुपयोग गर्दै नेपालमा सहयोगको खाँचो भएका दिदि बहिनि हरुको स्वस्थ उपचार लगायतमा खर्च गरिने छ।
एनआरएनए वुमन फोरम एनएसडब्लुकी संयोजक सन्ध्या शाहले पूर्ण परोपकारिता संग जोडिएको यस कार्यक्रममा सहभागी हुन् दिउसो आफ्ना बाबु नानी सहित सबै दाजु भाई दिदि बहिनिहरु लाई र सांझ दिदि बहिनिहरु लाई अनुरोध गरेकी छन् ।  दिउसोको कार्यक्रममा साना बाबु नानी हरुको लागि बिबिध मंरोंजनात्मक प्रस्तुति र जम्पिंग क्यासलको समेत ब्यबस्था गरिएको पनि संस्थाले जानकारी गराएको छ । गत साल भन्दा फरक तिरकाले मनाउन लगिएको दिन भर जस्तै हुने यस पटक को तीज महोत्सबको प्रमुख अतिथिको रुपमा अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा सहभागी हुन लग्नु भएको पनि संस्था ले जानाएको छ।
कार्यक्रम सम्वन्धी थप जानकारीका लागि प्रतिज्ञा ०४३३ ५९७ १६४, सन्ध्या  ०४१४ ७४३ ६२६, समिक्षा ०४२० ६८८ ५७४  वा  दिपा ०४०३ ६१५ ७०८  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।