महाविर पुनलाई अष्ट्रेलियाबाट २५ हजार डलर सहयोग

आफ्नो पहलमा निर्माण गर्न लागिएको राष्ट्रिय आविश्कार केन्द्रका बारेमा जानकारी दिन र सहयोग जुटाउन अष्ट्रेलिया आइपुगेका महाविर पुनलाई अष्ट्रेलियाका बिभिन्न शहरहरुबाट अहिलेसम्म २५ हजार डलर सहयोग जुटेको छ ।
सहयोग रकममध्ये केही उठिसकेको छ भने केही रकमको प्रतिबद्धता आएको आयोजकले जानकारी दिएका छन् । हिजो बुधबारमात्रै साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना गरिएको अन्तरक्रिया र डिनर कार्यक्रमबाट उनलाई करिब ५ हजार डलर रकम जुटेको एनआरएन साउथ अष्ट्रेलियाले जनाएको छ ।
पुनलाई सहयोग पुरयाउनकै लागि भनेर सिड्नीमा आयोजित कार्यक्रममा करिब १५ हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरिएको एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले जानकारी दिए । उनले सबै रकमहरु संकलन गरेर पुनलाई हस्तान्तरण गरिने बताए ।
मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा चितवन समाज भिक्टोरियाले १ लाख ५५ हजार सहयोग गरेको छ भने एनआरएन भिक्टोरियाले करिब १ हजार ६ सय डलर संकलन गरेको एनआरएन भिक्टोरियाका संयोजक तथा एनआरएन उपादक्ष्य केशव कंडेलले जानकारी दिए । यसैगरि पश्चिम अष्ट्रेलियामा आयोजना गरिएको कार्यक्रमबाट समेत करिब २ हजार डलर संकलन गरिएको एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक तथा एनआरएन उपाध्यक्ष दीपक शर्माले बताए ।
पुनको पहलमा शुरु भएको केन्द्रको बारेमा जानकारी गराउन र सहयोग जुटाउन अहिलेसम्मे सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा र एडिलेडमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । पुनले नेपालीहरुसँग यही बिषयमा अन्तरक्रिया र छलफल कार्यक्रम गर्दै केन्द्रको औचित्य र यसले देश बिकासमा पुरयाउने योगदानका बारेमा जानकारी गराइरहेका छन् । देश बिकासका लागि आविश्कार केन्द्रजस्ता अन्वेशण र अनुसन्धान केन्द्रहरु अपरिहार्य भएको बताउदै यहाँ रहेका नेपालीहरुलाई धनका साथै समय र आफ्नो सीपको सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...