सरकार र राजपाबीच यस्तो सहमति

काठमाडौं– सरकार र राष्ट्रिय जनता पार्टीबीच संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ । शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विधेयक संसदमा भोटिङमा लैजाने र पारित भए अथवा नभए पनि राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीका अनुसार मन्त्रिपरिषद्ले टुंग्याउनुपर्ने विषय छिटो टुंग्याएर संशोधनलाई अघि बढाउने सहमति भएको छ । भण्डारीले राप्रपाले पनि संशोधनमा सहयोग गर्ने जनाएको भन्दै संशोधन विधेयक पारित हुने विश्वास रहेको बताए । उनले संशोधन पारित नभए पनि निर्वाचनमा जाने र पारित हुन नदिनेहरुलाई जनताले दण्ड दिने बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि राजपासँग भएको छलफल सफल भएको भन्दै राजपा निर्वाचनमा जाने बताएका छन् । उनका अनुसार संविधान संशोधन विधेयकमा केही दिनभित्रै मतदान गरिनेछ । यसअघि राजपाले संविधान संशोधन नहोउन्जेलसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



