डा. केसीको समर्थनमा सिड्नीमा ऐक्यबद्धता कार्यक्रम

नेपालको मेडिकल क्षेत्रको बिथितिका सुधारको माग राख्दै यस अगाडी पनि पटक पटक पटक अनसन बस्दै र सम्बन्धित पक्ष संगको बार्ता पश्चात अनसन तोड्ने तर माग पुरा नहुदाँ पुन अनसन बस्नु पर्ने बाध्यताम्क परिस्थिति बीच पुन अनसनरत डा. गोविन्द केसीको अभियानमा समथर्न, सहयोग र ऐक्यबद्धता पुरयाउने उद्देश्यले सिड्नीमा एक कार्यक्रमको आयोजना गरिदै छ ।
अगस्त १३ गते आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सिड्नीको एशफिल्ड पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुनका लागि यस अभियानका अभियानकर्ताहरु डा. घनश्याम चापागाईं, डिला खरेल, डा भुवन कँडेल र सुधिरा शाहले एक विज्ञप्ति जारी सबैलाई अनुरोध गरेका छन्।
डा. केसीको मागहरु जायज छन् मेडिकल क्षेत्रको बिथिति हटाउन उनले बोलेको आबाज निस्वार्थ छन् यस कार्यक्रमका अभियानकर्ता मध्येका एक डा भुवन कंडेलले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए। ‘यो कार्यक्रमको सन्देश पनि को समर्थन भन्दा पनि डा. केसीले जुन अभियानका साथ आफ्नो आन्दोलन जारी राख्नुभएको छ त्यसको लागि सहयोग समर्थन र ऐक्यबद्धता जुटाऊनका लागि हो ।’ डा. कंडेलले भने ।
स्वतस्फुर्त रुपमा हुनलागेको यस कार्यक्रम जस्तै यस अगाडीका डा. केसीका अभियानमा अस्ट्रेलियामा ऐक्यबद्धता कार्यक्रमहरु सम्पन्न भएका थिए। पटक पटक आश्वासन मात्र दिने तर माग पुरा नगर्ने सरकारको मनसाय प्रति समेत खबरदारी गरिने यस्तै कार्यक्रम अस्ट्रेलियाकाअन्य शहरहरु र न्युजिल्याण्डमा समेत आयोजना गरिने अर्का अभियानकर्ता डिला खरेलले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...