बाढी पहिरोले लियो ३६ को ज्यान

काठमाडौ– तीन दिनअघि देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवनमा अत्यन्त प्रभावित भएको छ । वर्षासंगै आएको बाढी र पहिरोमा परी हालसम्म विभिन्न ठाउँमा गरी ३६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । एक दर्जन भन्दा बढि हराइरहेको बताइन्छ ।
नदी तथा खहरे खोलामा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र कपिलबस्तुका धेरै क्षेत्र डुबानमा परेको बताइन्छ । पश्चिमका बाँके, बर्दिया, दाङसहितका जिल्लामा पनि बाढीले जनजीवन प्रभावित भएको छ।
शनिबार साझसम्म, मुलुकका ११ जिल्लाहरु ९पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–५, सुनसरी–८, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३६ जनाको मृत्यु, ४ जना वेपत्ता तथब केही मानिसहरु घाइते भएका छन्।
नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन्।
यसैबीच भारतसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ । खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ ।
झापाको मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ्टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।
तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्टेन्डबाई राखिएको छ ।
मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन सकिरहेको छैन । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ ।
अहिले पनि अधिकांश ठाउँमा पानी परिरहेकाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्नसक्ने भएकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो ।
शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा उच्च जोखिम छ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...