चैत १४ मा मिस्टर नेपाल

काठमाडौं— नेपाली पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टच मिस्टर नेपाल—२०१६’ को ग्रान्ड फिनाले आगामी चैत १४ गत (मार्च २७) मा हुने आयोजक एक्सपोज नेपालले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका छन् । ‘विजेताले मिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकोले प्रतियोगिता भब्य बनाउने तयारीमा लागेका छौं, आयोजक शाही भन्छन् —‘नेपालमा आयोजना भएका सौन्दर्य प्रतियोगिता मध्यकै भव्य स्टेज मिस्टर नेपालमा यस पटक हुनेछ ।’ कार्यक्रमलाई आकर्षक बनाउन कुनै कसर नछोड्ने बताएका शाहीले यस पटकको मिष्टर नेपालको बेग्लै पहिचान हुने दावी गरे ।
यसपटकको मिस्टर नेपालमा ४५ जिल्लाका ५० प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक एक्सपोज नेपाललले प्रतियोगीलाई सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक ज्ञान प्रदान गरेको छ । मिस्टर नेपालको ग्रान्ड फिनालेलाई तीन जना उद्घोषकहरु रीता लिब्बु, सुशिल नेपाल तथा रोजिन शाक्यले सञ्चालन गर्नेछन् । दुई चरणमा विभाजन गरिएको प्रतियोगिताको उदेश्य युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने रहेको छ । प्रतियोगिताको सहभागीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ , समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विधामा समेत पोख्त बनाइएको छ ।
अन्तिम प्रतिस्पर्धामा सहभागि प्रतिस्पर्धिले मिस्टर नेपालको उपाधिसहित फष्ट रनर्सअप, सेकण्डरनर्स अपसंगै अन्य एक दर्जनभन्दा बढि टाइटल एवार्डहरु हात पार्नेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...