चैत १४ मा मिस्टर नेपाल
काठमाडौं— नेपाली पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टच मिस्टर नेपाल—२०१६’ को ग्रान्ड फिनाले आगामी चैत १४ गत (मार्च २७) मा हुने आयोजक एक्सपोज नेपालले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका छन् । ‘विजेताले मिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकोले प्रतियोगिता भब्य बनाउने तयारीमा लागेका छौं, आयोजक शाही भन्छन् —‘नेपालमा आयोजना भएका सौन्दर्य प्रतियोगिता मध्यकै भव्य स्टेज मिस्टर नेपालमा यस पटक हुनेछ ।’ कार्यक्रमलाई आकर्षक बनाउन कुनै कसर नछोड्ने बताएका शाहीले यस पटकको मिष्टर नेपालको बेग्लै पहिचान हुने दावी गरे ।
यसपटकको मिस्टर नेपालमा ४५ जिल्लाका ५० प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक एक्सपोज नेपाललले प्रतियोगीलाई सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक ज्ञान प्रदान गरेको छ । मिस्टर नेपालको ग्रान्ड फिनालेलाई तीन जना उद्घोषकहरु रीता लिब्बु, सुशिल नेपाल तथा रोजिन शाक्यले सञ्चालन गर्नेछन् । दुई चरणमा विभाजन गरिएको प्रतियोगिताको उदेश्य युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने रहेको छ । प्रतियोगिताको सहभागीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ , समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विधामा समेत पोख्त बनाइएको छ ।
अन्तिम प्रतिस्पर्धामा सहभागि प्रतिस्पर्धिले मिस्टर नेपालको उपाधिसहित फष्ट रनर्सअप, सेकण्डरनर्स अपसंगै अन्य एक दर्जनभन्दा बढि टाइटल एवार्डहरु हात पार्नेछन् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...