बाढीपहिरोबाट निधन हुने संख्या ६६ पुग्यो

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानका कारण तीन दिनमा ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता भएका छन् ।
मन्त्रालयका अनुसार रौतहटमा ९, सुनरसीमा ८, मोरङमा ६, सिन्धुलीमा ४, झापामा, ४ दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा ३–३, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा २–२ र धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी झापामा १४, रौतहटमा ८, मोरङमा ७, सुनसरीमा ६, मकवानपुर र पाँचथरमा ३र३, पर्सामा २ र सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एकरएक जना बेपत्ता भएका छन् ।
हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीले पूर्व–पश्चिम राजमार्गको लमही–कोहलपुर सडकखण्डको गन्धैली नालाको पुल भत्किएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।
राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...