ब्रत बस्ने कुरामा कतिको उदार हुनुहुन्छ ?

नेपालमा साउन लागेपछि धार्मिक गतिविधिहरू बढ्छन् । यही महिनादेखि महत्वपूर्ण चाडपर्वहरू पनि प्रारम्भ हुन्छन् । साउनको सोमबार भगवान शिवको ब्रत बस्ने ट्रेण्ड नै प्रारम्भ भएको छ । विवाहित महिलाहरू मात्र होइन अविवाहित युवतीहरू पनि साउनको सोमबारको ब्रत उत्साहका साथ बस्छन् । हातमा मेहन्दी, हरियो–पहेंलो चुरा, हरियो नै पहिरन प्राय: साउनका सोमबार गाउँदेखि शहरसम्म यस्ता दृष्यहरू प्रसस्त देखिन्छन् । साउन महिना सकिए लगत्तै तीज आउँछ । साउनको सोमबारको ब्रत लिने हरेक महिला तीजको ब्रत अझ कठोरताका साथ लिन्छन् । साउनको ब्रत जति सजिलोसंग लिन सकिन्छ, त्यति नै गाह्रो छ तीजको ब्रत । यद्धपि महिलाहरू ब्रत भनेपछि ज्यानको समेत वास्ता गर्दैनन् । ब्रत बस्ने मामलामा नेपाली सेलिब्रेटीहरू पनि उत्तिकै उदार छन् । यही प्रसंगमा द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही महिला सेलिब्रेटीहरूलाई ब्रत सम्बन्धि जिज्ञासा राखेका छन् ।
हेमा मानन्धर, गीतकार
साउनको सोमबार व्रत नै बसेकी त छैन तर म यो पवित्र दिन शिवालय पुगेकै हुन्छु । साउनको सोमबारको ब्रत नबसे पनि तीजको ब्रत भने बसिरहेकी छु ।
स्वस्तिका चिलवाल, सञ्चारकर्मी
कहिले काही ब्रत बस्नु । ब्रत बस्नु स्वास्थको लागी राम्रो हो, तर भगवान पुज्नकै लागि ब्रत बस्नै पर्छ भन्ने चाहि मलाई लाग्दैन । म त मनदेखि भगवानलाई पुज्छु । ब्रत चाहिँ घरभित्रै केहि पुजा– आजा छ भने मात्र बस्छु । साउनको सोमबार खासै ब्रत बस्ने गरेकी छैन् । तीजमा पनि फलफुल भए पनि खान्छु, निराहर ब्रतको चाहिँ म विरोधी हुँ ।
विपना थापा, मोडल
ब्रत बस्न सक्दिन । कहिले बसेको पनि छैन । पूजापाठ गर्छु, भगवानप्रति आस्था चाहिं छ तर ब्रत चाहिं बस्ने गरेको छैन । भोकै बसेर भगवान खुशी हुन्छ जस्तो लागदैन । ब्रत बस्नाले ग्याष्ट्रिक जस्तो रोगहरू उत्पन्न हुन्छ जस्तो लाग्छ ।
करीना भट्टराई, भिजे/मोडल
म जीवनमा पहिलो पटक यो साउन महिनामा शाकाहारी भएकी छु । साउनको सोमबारको ब्रत बसेकी छैन तर तीजमा ब्रत बस्ने प्रयास गरेकी छु । दिनभरी केही नखाए पनि साँझ फलफूल खाएर ब्रत सम्पन्न गर्छु ।
काजल खनाल, अभिनेत्री
वास्तवमा म भगवानमा धेरै विश्वास गर्ने मान्छे हुँ । म साउनमा मात्र नभएर अरु समयमा पनि ब्रत बसिरहेकी हुन्छु । मलाई साउनको सोमबारको ब्रत बस्न अझ रमाइलो लाग्छ, किनभने यतिबेलाको माहौल नै रमाइलो हुन्छ ।
मञ्जु कार्की, मेकअप आर्टिष्ट
साउनको सोमबार ब्रत बस्दा बेग्लै रमाइलो लाग्छ । म समयले साथ दिएसम्म साउनका प्रत्येक सोमबार ब्रत बस्छु । यसबाहेक म तीजको ब्रत पनि उत्तिकै उत्साहका साथ बस्छु । ब्रत बस्नुको पछाडि धार्मिका कारण मात्र हुँदैन, स्वास्थका दृष्टिकोणले पनि यो फाइदाजनक हुन्छ ।
सरस्वती लामा, गायिका
शिव भगवानको कृपा पाउनका लागि साउनको सोमबारको ब्रत बस्छु । त्यसैगरी नारीहरूको विशेष चाड भएकाले तीजको ब्रत पनि बस्छु । यसपटकको तीजका लागि त मैले रक शैलीको तीज पनि तयार पारेकी छु ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



